दाङमा वडाध्यक्षले कुटे प्रधानाध्यापक

फागुन २९, काठमाडौं । दाङको घोराहीस्थित शुभ प्रभात माविका प्रधानाध्यापकमाथि कुटपिट भएको छ ।

घोराही उपमहानगरपालिका– १४ का वडाध्यक्ष भानसिंह बुढाले विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको बैठकमा आफुमाथि वडाध्यक्षसहित प्रेम बुढा, सुजन बुढा लगाएत दश बाह्र जनाले मुक्का र लात्तीले निर्घात कुटपिट गरेको प्रअ बुढाले बताए ।

आफूले भनेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा नहुने भएपछि वडाध्यक्ष र उनका गुन्डाहरुले आफुमाथि सार्वजनिक रुपमै निर्घात कुटपिट गरेको उनको भनाई छ । वडाध्यक्ष बुढाले कोरम नपुगेपनि भनेका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रअ बुढालाई बलजफती माइनुट लेख दबाव दिएको आरोप छ । यता वडाध्यक्ष बुढाले भने आफुमाथि निराधार आरोप लगाइएको बताएका छन् ।

यसैबीच अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्द मल्ल, अखिल (क्रान्तिकारी) दाङका इञ्चार्ज सोमपाल कामी, अखिल (क्रान्तिकारी) दाङका संयोजक इन्दु वली, अखिल छैठौं (दाङ) का अध्यक्ष सेवक भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै कुटपिट घटनाको निन्दा गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.