फागुन २७, काठमाडौँ । सोलुखुम्बुको सोताङ पब्लिक क्याम्पस सोताङको स्वबियु निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा बिवाद भएपछि अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यनियन (क्रान्तिकारी) ले तालाबन्दि गरेको छ ।
अनेरास्ववियु क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिको मिलेमत्तोमा फर्जी विद्यार्थीलाई भर्ना गरेको भन्दै तालाबन्दि गरेका क्याम्पस जनाएको छ । सोताङ पब्लिक क्याम्पस सोताङको प्रमुख ददिराम धमलाका अनुसार विबाद पछि छलफल मार्फत सहमतिको प्रयास भइरहेको छ । उन्नले – ‘भने सहमतिको प्रयास भइरहेको छ हामी चाडौ मिलाउछौं’ ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

