अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अभियानकर्ता एलिजावेथ ढकाल सम्मानित

फागुन २६, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा त्रिवेणी टाईम्सद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

हरेक दिन समाजलाई प्रेरित गर्ने असाधारण महिलाहरूलाई सम्मान गर्दै उनीहरूलाई सशक्त बनाउने उद्देश्यले त्रिवेणी टाइम्सले  कार्यक्रमको आयोजना गराउदै  आएको छ । त्रिवेणी टाइम्सका संस्थापक नवराज केसी र सह-संस्थापक खेम भट्टले महिलाहरूको शक्ति, धैर्य तथा उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न यस्ता कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले महिलाहरूको योगदानलाई व्यापक रूपमा उजागर गर्दै समाजमा उनीहरूको भूमिकालाई अझ मजबुत बनाउन यस्तो पहल आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमको प्रमुख आकर्षण विशेष सम्मान समारोह रहेको थियो । कार्यक्रममा लङ आइल्याण्ड, न्यूयोर्ककी एलिजाबेथ ढकालसहित न्यूयोर्क सिटीका १० जना विशेष महिलाहरूलाई विशेष सम्मान प्रदान गरेका थिए । साथै न्यूयोर्क राज्यको 38th District की विधानसभा सभासद् जेनिफर राजकुमारको तर्फबाट १० देशका १० जना विशिष्ट महिलाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

समाजमा महिलाहरूको योगदानलाई उच्च मूल्यांकन गर्ने र उनीहरूलाई थप हौसला प्रदान गर्ने यो कार्यक्रम अतुलनीय रूपमा सफल रह्यो। सहभागीहरूले यस प्रकारका सम्मान कार्यक्रमहरू निरन्तर आयोजना गरिनु पर्नेमा जोड दिँदै त्रिवेणी टाइम्सको यो प्रयासको उच्च प्रशंसा गरे।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.