फागुन १९, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा विषयमा विवादपछि अहिले खाली छ ।
संघीय सरकारलाई प्रमुख प्रशासकीय अधिकृत पठाउन पत्रचार गर्दा पनि काठमाडौँ महानगरपालिकामा नपठाएपछि विवाद उत्कर्षमा पुगेको छ । सामजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई पत्र लेख्दै महानगर प्रमुख बालेनले भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला ! भन्दै बिन्ति चढाएका छन् ।
त्यस्तै सरकारले आफू विरूद्ध भ्रम फिजाएको भन्दै भ्रमको खेतिमा पीएचडी दिन आग्रह गरेका छन् । उनले लेखेको फेसबुकको स्टाटस जस्ताको तस्तै ।

