जगातीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते

फागुन १९, काठमाडौं । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

जगातीबाट साँगातर्फ जाँदै गरेको बा४१प ३३४ नं. को मोटरसाइकलले सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक ठक्कर दिँदा भक्तपुर नगरपालिका–७ गोल्मढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको हो ।

सोही मोटरसाइकलकै ठक्करबाट अन्य तीनजना घाइते भएका छन् । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी वृत्त जगातीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.