त्रिविको स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

फागुन १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघरसंगठनरसमूह दर्ताको कार्यक्रम राखिएको छ । निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षरसहित आफ्नो संघ सङ्गठनको समिति ÷ कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।

आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै, संघ÷सङ्गठन÷समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष÷सभापति÷संयोजक÷ प्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.