पहिलो पटक युवा पत्रकारिता पुरस्कारको घोषणा

असोज ११, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवाका सवालमा उनीहरुको हक, अधिकार र रोजगार लगायतको विषयमा कलम चलाउँदै आएका सञ्चारकर्मीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने उद्देश्यले युवा पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षबाट प्रदान गर्ने गरी कार्यविधि २०७५ गठन गरेको जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित युवा गतिविधि र युवा पत्रकारिता पुरस्कार कार्यविधि पत्रकार अन्तरक्रियामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पहिलो पटक पत्रकारिता पुरस्कारको घोषणा गर्न लागिएको बताउँदै यही पहिलो चौमासिकभित्रै पुरस्कार वितरण गर्ने कार्ययोजना रहेको बताए ।

समितिमा एक संयोजक, एक सदस्य सचिव र ३ सदस्यसहित पाँच जनाको पुरस्कार सिफारिस समिति हुनेछ । प्रत्येक आर्थिक वर्ष १ जना पत्रकारलाई जनही ५० हजारका दरले पुरस्कृत गरिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.