फागुन ११, काठमाडौँ । भोटे समुदायको पहिलो धार्मिक तथा साँस्कृतिक संरचनाको रूपमा निर्माणाधीन रहेको श्री संखुवासभा भोटे गुम्बा काठमाडौँलाई संखुवासभा जिल्ला खादबारी नगरका प्रमुख महेश थपलियाले रू पचास हजार सहयोग गरेका छन् ।
आदिवासी जनजाति भोटे समुदायको इतिहास, पहिचान, कला, धर्म संस्कृति तथा रितिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित बालुवामा निर्माण भइरहेको श्री संखुवासभा भोटे गुम्बाका लागि नगर प्रमुख थपलिया, सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कट्टेल, सामाजिक विकास अधिकृत खेमराज निरौला, लेखा अधिकृत रूद्रमनि श्रेष्ठ, नगर प्रमुख स्वकीय सचिव गोकुल खनाल लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण भएको हिमालय भोटे समाज काठमाडौंका अध्यक्ष तथा श्री संखुवासभा भोटे गुम्बाका सस्थापक अध्यक्ष मिथुन चाङ्बा भोटेले जानकारी दिएका छन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा श्री संखुवासभा भोटे गुम्बाका अध्यक्ष ताप्चेन भोटे, सचिव छिदर भोटे, कोषाध्यक्ष ठिजुङ भोटे, हिमालय भोटे युवा क्लबका अध्यक्ष छिरिङ धेन्डुक भोटे, नेपाल भोटे युवा संघका केन्द्रीय अध्यक्ष साङ्बु भोटे, गुम्बाका प्रमुख लामा छिरिङ धेन्डुक भोटे, नेपाल भोटे जनजाति सेवा संघकि केन्द्रीय सदस्य याङ्छेन भोटे लगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरू सहभागी रहेका थिए ।

