फागुन १०, काठमाडौँ । आदिवासी जनजाति युवा महासंघ नेपाल रसुवा जिल्ला समन्वय परिषदको अध्यक्षमा धर्म थोकर चयन भएका छन् ।
शुक्रबार आदिवासी जनजाति युवा महासंघ नेपाल बामति प्रदेश अध्यक्ष बिलाम मुक्तानको प्रमुख आतिथ्यता तथा प्रदेश कोषाध्यक्ष तुलाराम मगरको अध्यक्षतामा बसेको भेलाले सो ११ सदस्यीय समिति चयन गरेका हुन् । जनजाति युवालाई नेतृत्व, अधिकार र समावेशी सहभागितासहित उत्तरदायि एवम् जिम्मेवार नेतृत्व बनाउन महासंघले काम गर्दै आएको छ ।

