बूढानीलकण्ठबाट पक्राउ परेका २३ भारतीय सार्वजनिक

तीन अर्ब बढीको कारोबार

काठमाडौं । अनलाइन जुवा तथा क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा आइतबार काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।

परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूले एउटा घर नै भाडामा लिएर अनलाइनमार्फत अपराध गर्दै आएका थिए। तीन अर्बभन्दा धेरैको अनलाइन जुवा तथा ५० करोडभन्दा धेरैको क्रिप्टोकरेन्सीको कारोबार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

हालसम्मको अनुसन्धानमा तीन अर्ब १३ करोड रुपैयाँ बराबरको अनलाइन जुवा तथा ८६ करोड ९१ लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबारी गरेको खुलेको र नाइके भने फरार रहेको प्रहरीले जनाएको छ।

यी हुन् पक्राउ परेका २३ भारतीय

वकिल कुमार यादव
किशोरी प्रसाद यादव
रोहितकुमार यादव
मुन्नाकुमार यादव
बादलकुमार जैसवाल
रावलकुमार यादव
विपिनकुमार यादव
शंकर कुमार यादव
रोहित कुमार
भवेश कुमार
अभिषेक कुमार
कुलबिन्दर सिंह
हर्ष जैसवाल
सुरज शाह
श्रेष्ठ गुप्ता
बिठ्ठु कुमार
सुनिल कुमार जैसवाल
मोहम्मद साहिद मालिक
सौरभ खरुवा
चन्दन यादव
श्याम कुमार
एस बालकृष्ण
सुरेन्द्र कुमार

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.