तामाङ चलचित्र निर्देशक संघद्वारा तामाङ स्रष्टाहरू सम्मानित

माघ २७, काठमाडौँ । तामाङ चलचित्र संघले तामाङ चलचित्रमार्फत तामाङ, भाषा, कला संस्कृति, रितिरिवाज, भेषभूषा, पराम्परालाई संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउनुहुने  स्रष्टाहरूलाई सम्मान गरिएको छ ।

शनिवार संघको दोस्रो बार्षिकोत्सव एवम् मञ्जुश्री सम्बत् २८६१ डुल ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित एक समारोहबीच स्रष्टाहरूलाई सम्मान गरिएको हो ।सम्मानित हुनेमा पहिलो तामाङ चलचित्र सेमरी छोरङनबाट अभिनेता सागर योञ्जन, दोस्रो तामाङ चलचित्र मयुङ बुरिङबाट वरिष्ट अभिनेतृ चाँदनी मोक्तान, अभिनेता अमृत लामा,  अभिनेता गोपिलाल तामाङ, निर्मता भोजकुमार दोङ, संगीतकार कुवेर सिं दोङ, तेस्रो तामाङ चलचित्र म्हेन्दोला मायाबाट निर्देशक सञ्जय लामा बल, अभिनेतृ नविना लामा, अभिनेता गणेश लामा लगायत थुप्रै कलाकारहरू रहेका छन् ।

सम्मानित कलाकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले सम्मानपत्र प्रदान गरेका थिए । सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि दोङले कलाको माध्यमबाट समुदायको पहिचानलाई स्थापित गराउन ठूलो योगदान रहेको बताएका छन् । संस्कार र संस्कृति नरहे आफ्नो अस्तित्व नहरने बताउँदै कलाकारिताबाट जागरणसहित त्यसको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने बताए ।

तामाङ चलचित्र संघका अध्यक्ष एवम् कार्यक्रमका  सभापति के. बि घिसिङले  संघको स्थापनाकालको छोटो समयमा कलाकारहरूको माया, सद्भाव र सक्रियताबाट थप हौसला मिलेको बताए । उनले चलचित्र तथा संगीतको माध्यमबाट तामाङ समुदायको पहिचान झल्काउने र अस्तित्वको रक्षा गर्दै राज्यसंग अधिकारको लडाईमा सहयोग पु¥याउन योगदान गरेको भन्दै स्रष्टाहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए ।

राष्ट्रिय नाचघर जमलमा भएको सो कार्यक्रममा तामाङ जुहारी कलाकार संघ र चलचित्र निर्देशक तथा कलाकार बाबु जिम्बाको विशेष प्रस्तुतिसहित सांगीतिक कार्यक्रम रहेको थियो । कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरूको उपस्थिति रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.