मुलुकमा विकासको गति उल्टो दिशातर्फ : झलनाथ खनाल

माघ १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्किएको बताएका छन् ।

माघे संक्रान्तिका अवसरमा इलाम विकास समाजले मङ्गलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले जनतामा देश विकासको बाटोतर्फ अघि बढोस् भन्ने चाहना भए पनि विकासको गति उल्टो दिशातर्फ फर्किएको अवस्था रहेको बताएका हुन् । देशमा दुई तिहाइको सरकार रहे पनि मुलुकको विकास निमार्णको अवस्था गति न मतिको रहेको उनले बताए । खनालले अहिले मुलुकको हर क्षेत्रमा समस्या मात्रै रहेको जिकिर गरे ।

उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशलाई हर हालतमा सफलतातर्फ अघि बढाउनुपर्ने धारणा पनि राखे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.