चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

माघ १, चितवन। गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जंगलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उहाँका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुंगे पुलबाट हामफालेर बेपत्ता भएका छन्। लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन्। परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.