पुस १८, काठमाडौं । गोकर्णेश्वर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत कराते बिधाको उपाधी महिला तर्फ योङ्ग हार्ट्स बोर्डिङ स्कुल,गोकर्णेश्वर ८ र पुरुष तर्फ ईष्टपोल मा.बि गोकर्णेश्वर ५ ले जित हासिल गरेको छ ।

बुधबार सम्पन्न प्रतियोगितामा महिला तर्फ योङ्ग हार्ट्सले ३ स्वर्ण र एक कास्य सहित टिम प्रथम भएको हो भने,१ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मा.बि दोश्रो र एक स्वर्ण १ रजत जितेको बालसुधार मा.बि तेस्रो भए,दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो।

यसैगरी पुरुष तर्फ १ स्वर्ण १ रजत र १ कास्य पदक सहित ईष्टपोल मा. बि प्रथम,एक स्वर्ण र एक कास्य पदक सहित योङ्ग हार्ट्स बोर्डिङ दोस्रो र एक स्वर्ण एक कास्य सहित मनकामना मा.बि. तेस्रो भए,दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो।

महिला र पुरुष तर्फ जम्मा ६/६ ईभेन्टमा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा बिधालयका ९५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो। बिजयी खेलाडीहरुलाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा,सितोरियो कराते काठमाडौ जिल्ला अध्यक्ष शिवराम कारन्जित लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

