पुस १०, काठमाडौं । एमालेले भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
त्यस्तै स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

