काठमाडौंमा किशोरीको शव लो–बेडभित्र लुकाउने विश्वास पक्राउ

पुस ४, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोटमा एक किशोरीको शव हत्यापछि लो– बेडभित्र लुकाएको पाइएको छ।

२९ मंसिरको राति १२ बजेदेखि सतुंगल बस्ने १७ वर्षीया किशोरी सरिता तामाङ हराएकी थिइन्। उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरी वृत्त थानकोटमा बैनी हराएको निवेदन दिए। उनीहरूको घर धादिङको गजुरी गाउँपालिका–४ हो। किशोरी हराएको निवेदनपछि प्रहरीले खोजी सुरु गर्‍यो। खोजी थालेको तीन दिनपछि मात्रै प्रहरीले पुस ३ मा चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईँ तलाको कोठाभित्र प्रहरीले किशोरीको शव फेला पार्‍यो।

किशोरी सोही घरमा भाडामा बस्ने गरेकी थिइन्। सरिताको खोजीमा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको थियो। शव फेला परेपछि प्रहरीद्ये अनुसन्धानलाई तिव्रता दियो। र, मृत सरिताको मोबाइलको खोजी भयो। प्रहरीले मोबाइल पत्ता लगाएसँगै हत्यारा नजिक पुग्न ठूलो सहयोग पुग्यो।

सरिताको हत्यामा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्ने २४ वर्षीय विश्वास तामाङ संलग्न रहेको निष्कर्शमा पुगेको प्रहरीले उनलाई गिरफ्तार गर्‍यो। किनकि मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटिएको थियो। मोबाइल बरामद भएर पक्राउ परेपछि विश्वासले हत्या स्वीकारेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारी बताउँछन्।

सरिता र विश्वास नाताभित्रकै व्यक्ति रहेको र सामान्य विवादमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ। सरिताको हत्यापछि विश्वासले शव लो–बेड (सुत्ने खाट) भित्र शव लुकाइएका थिए। विश्वासलाई पक्राउ गरेसँग प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.