असोज १०, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघारारमा ल्याई छाड्ने बताएका छन् ।
बुधबार गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले यस्तो बताएका हुन । गृहमन्त्री थापाले घटनालगत्तै छानवीन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वाँस समेत व्यक्त गरे ।
भेटमा थापाले भने ‘‘यो घटनालाई मैले गम्भीर रूपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्यार्इ छाड्छौं ।’’
नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको पनि गृहमन्त्री थापाले बताए । मृतक खुर्सिदका भाइ जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरीएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर मिडियामा आएको समाचारले आफूहरूलाई झनै पिडा थपिएको मृतकका आफन्तले बताए ।

