कार्यविभाजन टुंग्याउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

मंसिर २६, काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरू भएको बैठक भोलिसम्म जारी रहनेछ।

पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रीय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो । उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन।

अब यो बैठकले प्राथमिकतामा सो एजेन्डा राख्नेछ। पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.