प्रदेश ७ को राजधानी धनगढी हुनु पर्ने माग गर्दै कांग्रेसले प्रदर्शन

असोज १०, काठमाडौं । प्रदेश नम्बर ७ को राजधानी धनगढी हुनु पर्ने माग गर्दै नेपाली कांग्रेसले कैलालीमा प्रदर्शन गरेको छ ।

स्थायी राजधानी र नामांकन तय गर्न बनेको समितिले मंगलबार एक महिना लगाएर तयार गरेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा स्थायी राजधानी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका दुइवटैलाई समेट्ने गरि राख्न प्रस्ताव गरेपछि नेपाली कांग्रेसले विरोत्रमा उत्रेको हो ।

नेपाली कांग्रेस कैलाली प्रदेशको राजधानी गोदावरी भन्दा पनि धनगढी हुनु पर्नै माग गर्दै विरोधमा उत्रेको हो। प्रदर्शनकारीहरुले प्रदेश( ७ को प्रदेशसभा अगाडि टायर बाल्दै विरोध जनाएका हुन् । त्यस्तै प्रदेश – ७ ले ७ वटा पहाडी जिल्लाको भुगोललाई वेवास्ता गरेको भन्दै सामाजिक संञ्जालमा व्यापक विरोध गरिएको छ । पहाडी जिल्लाका वासिन्दाले भने प्रदेश राजधानी दिपायल हुनु पर्ने माग गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.