सर्वोच्चको बोर्डमा कालो रंग छ्याप्ने बिनु पक्राउ

मंसिर ११, काठमाडौं । घरेलु हिंसापीडित बिनु यादवले सर्वोच्च अदालत परिसरमा राखिएको बोर्डमा कालो रङ छ्यापेर विरोध गरेकी छन्।

विरोध प्रदर्शनका क्रममा यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन्। उनले पठाओमा आएर सर्वोच्चको बोर्डमा कालो छ्यापेको प्रहरीले जनाएको छ। यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकोमा अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनी आन्दोलित बन्दै आएकी छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.