निर्माण कार्य अनिश्चित बन्दै राष्ट्रिय शहिद पार्क

काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णको जगडोलमा रहेको राष्ट्रिय शहिद तथा शान्ति स्मृति पार्क स्मारकको भौतिक संरचनाको निर्माण कार्य ११ वर्ष बितिसक्दा पनि पूरा हुन सकेन ।  शहिद पार्क निर्माणमा राष्ट्रिय योजना अन्र्तगत गुरु योजना निर्माण गरी पार्कको भौतिक संरचनाको निर्माण गर्ने निर्णय भएपनि सो कार्य सम्झौता बमोजिम निर्धारित समयमा सम्पन्न गर्न नसकिएको हो ।

नेपाल सरकार मन्त्री परिषद्को २०६४ जेठ ११ गते ( सामाजिक समिति, २०६४ जेठ २८) को निर्णय वमोजिम २०६२÷६३ को दोस्रो जनआन्दोलनमा सहादत प्राप्त गर्ने तथा अन्य सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने शाहिदको बलिदानलाई चिरस्थायी राख्नका लागि तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मातहत रहने गरी करिव ४७ करोड विनियोजित रकमबाट ९ वटा प्याकेजको टेण्डर भई कार्य प्रारम्भ भएकोमा १२ वर्षको अन्तरालमा समेत पार्क निर्माण सम्पन्न हुन सकेन ।

विस्तृत आयोजना प्रतिवेदन कार्यकारी सारांश परियोजना तालिका अनुसार पार्क सञ्चालन आरम्भ २०७१ साल बैशाख मसान्तमा सम्पन्न हुने सम्झौता भए पनि ०७५÷०७६ को आर्थिक वर्ष प्रवेश गरेर ३ महिना बितसक्दा कुनै कामको प्रगति आएन । प्रारम्भ खबरको विशेष टोली सहित विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुले गत जेठमा स्थलगत रिर्पोटिङ गर्दा त्यहाँको भौतिक संरचनाहरु लथालिङ्ग र विजोग अवस्थामा रहेको पाईयो । त्यहि समय हामीले पार्क व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देलसंग कुरा गर्दा ७० प्रतिशत काम सम्पन्न भएको र ३ महिना भित्रै सबै निर्माणका कार्य सम्पन्न भइसक्छ तपाई आउनुस भन्ने जवाफ पाएको थियो । तर उनकै भनाईअनुसार तीन महिनापछि हामी त्यहाँ पुगियौं । परिवर्तन त देखियो तर हाम्रो टोलीले खिचेको संग्राहलय र पिरमिडलाई भने तारबारसहित तल्चा लगाएर सूचना समेत टाँसेर प्रवेश बन्देजमा राखेको पाईयो ।  त्यही सूचनामा लेखिएको छ– निर्माण गरिएका भौतिक सरंचना, रोपिएका बोटविरुवा तथा फुलहरु जथाभावी माटो खन्ने, घेरिएका तारबारहरुमा चढ्ने, हानी नोक्सानी पु¥याउने व्यक्ति एवम् अराजक गतिविधिको पहिचान गर्न सम्बन्धित सरोकारवालाहरुबाट सहयोगको लागी अनुरोध गदर्छौ । यदि त्यस्तो गरिएको भेटिएमा कानुन वमोजिम दण्ड गरिने समेत जानकारी गराईन्छ । भनिएको छ ।

हुन त रोपिएका फुलहरु संरक्षण गर्न सुरक्षाको आवश्यक पर्दछ तर सुरक्षाकै नाममा पार्क घुम्न आउनेहरुलाई प्रवेशमा असुविधा पु¥याउनु पार्कको अस्थित्वहिन जस्तो देखिन्छ । पटक–पटक हाम्रो फलोअपमा ठेगेदारलाई आरोप लगाउँदै आएका अध्यक्ष सिग्देल भने सामान्य व्यवस्थापनमा समेत चुकेको देखिन्छ । देखिएका परिवर्तन फुल रोप्ने र ताल्चा सहितको तारबार मात्र भए पनि भौतिक संरचनातर्फ भने एक सिन्को पनि भाँचिएको पाएन ।
व्यवस्थापन समितिमाथी नै प्रश्न चिन्हा खडा भईरहेको बेला निर्माणधिन संरचनाको कार्य छाडि पुनः पदकै लागि कसरतमा दौडधुप रहेका अध्यक्ष कहिले सहरी विकास मन्त्री त कहिले मन्त्रिका पार्टी नेता तथा सांसदहरुकहाँ पुग्ने गरेको एक सुत्रबाट थाहा हुन आएको छ । अझ अर्को अचम्मको कुरा के हो भने पार्कका लागि सरकारले उपलब्ध गराएको ३ ओटा मोटरसाईकल समेत दुरुपायोग गर्दै आएको पाएको छ । मोटरसाईकल कहाँ र कस्ले प्रयोग गरेको भन्ने कुरा समेत पारदर्शी नहुँदा त्यस पार्कमा अनिमियतता नहुने भन्ने कुरा त कल्पनै गर्नु पर्दैन । यस्तै पार्क निर्माण कार्यमा अनिश्चित बन्दै गएपछि सहिदहरुको सपना त के तीनिहरुको परिवारले समेत सन्तवाना प्राप्त गर्ने छैन ।  स्मारक अन्र्तगत चार क्षेत्र छुट्याइएको उल्लेख छ । स्मारकको ६५० रोपनी क्षेत्रफल मध्ये ७२ रोपनी सहितको स्मृति क्षेत्र, ५२ रोपनीमा संस्थागत क्षेत्र, १७२ रोपनीमा मनोरञ्जन क्षेत्र, १५ रोपनीमा धार्मिक क्षेत्र र ३३९ रोपनीमा संरक्षित क्षेत्र गरी गुरु योजनामा चार क्षेत्र निर्धारण गरिएको हो । मोटरसाईकलको बारेमा र थप जानकारी सहित पुनः हामी आउने छौ हेर्दै गर्नुहोला ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.