काठमाडौंका आठ ठाउँमा छठ पर्व मनाइने, तयारी यस्तो छ (तस्बिरमा )

कार्तिक २१, काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ। गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र  भुवनेश्वरी मन्दिरमा व्यवस्थापनको कार्य मिलाइएको महानगरका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

छठ पर्व सूर्यदेवको अनुष्ठान भएको भन्दै मेयर शाहले हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि ऊर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि  छठसँग जोडिएको उल्लेख गरेका छन् ।

तराईको केही क्षेत्रकेन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सदभाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दुधको अर्घ्य दिएर मनाइन्छ ।

तस्बीरहरू काठमाडौँको कमल पोखरीको दृश्य हुन । तस्वीरः भीम लामा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.