पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

असोज १०, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा–२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एक÷दुई जना समातिएका छन्,’ वडा प्रहरी कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले भने, ‘अनुसन्धानपछि थप कुरा बाहिर ल्याउने छौं ।’

प्रहरीका अनुसार पौडेलले अभियोग स्वीकार गरेका छन् । तर, अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान जारी छ । श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.