कोटेश्वरबाट अपहरणमा परेका महिलाको उद्धार, १ जना पक्राउ

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएको महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ ।

काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेका पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.