कार्तिक १, काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसको संस्थापक नेता स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला (बीपी) ले मित्रता एवम् सद्भाव स्थापित गराउने उद्देश्यले सुरू गरेको कोजाग्रत पूर्णिमाको चियापानलाई पछिल्लो समयसम्म नेपाली काँग्रेसले संस्कृतिको रूपमा विकास गरेको छ ।
प्रत्येक वर्ष मनाउँदै आए पनि यसवर्ष भने मुलुकमा बाढी र पहिरोले ठूलो धनजनको क्षति पु¥याएपछि काँग्रेसले त्यो कार्यक्रम नमाउने निर्णय गरेको हो । तर, बीपीका जेठा छोरा प्रकाश, छोरी चेतना र नातिनी मनिषा कोइरालाले भने बीपी संग्राहलय पुगेर कोजाग्रत पूर्णिमा मनाउँदै चियापान तथा टिका आदानप्रदान गरेका छन् । बीपी कोइराला मेलमिलापको नीति लिएर भारतका निर्वासित जीवन अन्त्य गरी ०३३ पुस १६ मा स्वदेश फर्किएका थिए । त्यसपछि ०३४ सालको कोजाग्रत पूर्णिमादेखि चियापन कार्यक्रम सुरु गरेका थिए । त्यसलाई नेपाली कांग्रेसले बीपीको जीवनपछि संस्कृतिकै रूपमा अघि बढाएको छ ।
नेपालीहरूको महान चाँडसंगै जोडिएको बीपीले सुरू गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नेपाली काँग्रेससंगै अन्य राजनीतिक दलहरूले समेत अनुसरण गर्दै आएका छन् । जब चाडपर्व वा विशेष अवसरको दिन हुन्छ त्यही दिनलाई खुशी साँटासाट गर्न चियापान तथा शुभकामना आदानप्रदान गर्ने प्रचलन आएसंगै राजनीतिक बहस, रचनात्मक तर्क गर्ने र व्यवहारिक आचारणको सम्बन्ध स्थापित गराएको छ । पछिल्लो समय बीपीको मूल नीति तथा सिद्दान्त कांग्रेसले छाडेकाले कोजाग्रत पूर्णिमाको चियापान पनि कांग्रेसले गर्नु नहुने बीपी पुत्र प्रकाशको तर्क छ । उनले बीपीले देखाइएको बाटो बिर्सिएर अनुशासनको घेरा तोडेको भन्दै काँग्रेसभित्रको खराब प्रवित्ति नहटेसम्म पार्टीमा सुधार नआउने बताएका छन् । चियापान कार्यक्रम र दसैँटीका समापन कार्यक्रम गर्न सबैभन्दा योग्य र हकदार ठाउँ नै बीपी संग्रहालय भएको भन्दै काँग्रेसले अब पार्टी कार्यालय नभइ संग्रहालयमा मनाउन प्रकाशले आग्रह गरे ।

सोही चियापान तथा भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री तारिणी दत्त चटौत, नेपाल महिला संघकी नेतृ शुसिला चौटौत, नगर समिति सचिब दिनेश अर्याल लगायत थुप्रै नेता कार्यकर्तालाई प्रकाश कोइरालाको हातबाट टिका लगाएका थिए । संग्रहालय पुगेकी कोइरालाकी नातिनी तथा अभिनेत्री मनिषा कोइरालाले संग्रहालयले गरेको कार्यको प्रशंसा गर्दै नेपाली काँग्रेस पार्टी र नेताहरू बीपीको नीति र आर्दशलाई बिर्सिन नहुने बताईन् । संग्रहालयलाई व्यवस्थित र जीवन्त दिन महत्वपूर्ण कार्य गरेको भन्दै नेपाली काँग्रेसका नेता तथा संग्रहालयका अध्यक्ष परशुराम पोखरेलाई धन्यवाद दिइन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. १ स्थित सुन्दरजल काठमाडौँमा रहेको बीपी संग्रहालयमा मेडिकल डक्टार सह–प्राध्यापक एलिना श्रेष्ठ र संग्रहालय परिवारलाई अध्यक्ष पोखरेलको हातबाट टिका लगाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा संग्रहालयका अध्यक्ष परशुराम पोखरेल स्वयमले सम्पादन गरेका बीपी कोइरालाको अदालतको बयान, कोइरालाको भाषण, आलेख, अन्तर्बार्ता ‘विकासका लागि लोकतन्त्र अपरिहार्य छ’ नामका तीन पुस्तक समेत अभिनेत्री कोइरालालाई प्रदान गरेका थिए।



