रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते

असोज २२, काठमाडौँ । काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा रामेछापको सुनकोशी गाउँपालिका–६ का युनिषा श्रेष्ठ रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.