साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

असोज १८, काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस उहाँको जन्मदिनकै अवसर पारी लोर्कापण गरिएको छ ।

शुक्रबार नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको एक कार्यक्रमबीच ढकालको कविता कृति लोकापर्ण गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्द’प्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा. छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापति उक्त प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुली रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा कविको अपनत्व हुनुपर्नेमा पछिल्ला दिनमा त्यस्तो नपाइने गरेको बताउँदै ढकालको कृति भने आफुले अपनत्व महशुस गरेको बताउनुभयो । त्यस्तै कवि ढकाललाई निरन्तर लेख्न प्रोत्साहन दिँदै उहाँले कविताले समाजको यथार्थता र भोगइहरुलाई चित्रण गरेकोमा प्रशंसा गर्नुभयो । साहित्यकारहरु डा. रामप्रसाद ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली र छायादत्त न्यौपानेले कविले सिर्जनात्मक प्रस्तुति मार्फत समाजका सबै पक्षबारे कवितामा यर्थाथता खोलेको बताउँदै आगामी दिनमा काव्यिक सफलताको कामना गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिता विषयका शिक्षक शन्तराम बिडारीले कवि एक सक्रिय सञ्चारकर्मी समेत भएको भन्दै उहाँको प्रयाशको सराहना गर्दै काव्यिक सफलताको कामना गरे ।

सुसेली फाउन्डेशन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, साहित्यकार तथा समाजसेवी चन्द्र नयौपाने, गायक शिशिर योगी लगायतले जन्मदिनको शुभकामना दिँदै सुशीला ढकाल एक सक्रीय र मेहनती सर्जक भएको चर्चा गरे । कार्यक्रममा कवि ढकालले आफ्नो पहिलो कविता कृति जन्मदिनमै पस्कन पाएकोमा खुसी व्यक्त गर्दै लेखन यात्राका लागि घर परिवारबाट पुरा पुर सहयोग भएको बताउँदै यसको श्रेय परिवारलाई दिन चाहेको बताइन् । नोवेल साकोसका संस्थापक राजन न्यौपानेले सञ्चालन गनुभएको कार्यक्रममा कवि सुशीला ढकाललाई सम्मान समेत गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.