प्रधानमन्त्रीले न्यूयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

असोज ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द भएको छ ।

प्रधानमन्त्री ओलीले आज नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम कार्यक्रम थियो । तर, अन्तिम समयमा सूचना जारी गर्दै न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले आज नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.