१० दिनका लागि चीन भ्रमणमा गएको रास्वपा नेताको टोली सोमबारै फर्किने

असोज ६, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू सोमबारै आकस्मिक रूपमा स्वदेश फर्किने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । रास्वपा सभापति रवि लामिछाने सहकारी बचत अपचलनमा प्रहरीबाट पक्राउ पर्ने आशंका भएपछि टोली भ्रमण छोट्याएर फर्किन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ’ भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले बताएको रास्वपाको प्रेस नोटमा छ। टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.