इन्द्रजात्रा समापन

असोज ६, काठमाडौं। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व समापन भएको छ।

सो अवसरमा रष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार राति हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका छन्। साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गरे। टीका एवम् प्रसाद ग्रहण पछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले खड्ग साटे। भाद्रशुक्ल द्वादशिका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थन गरी शुरू हुने यो जात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो।

इन्द्रजात्राको अन्तिम दिन कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो। उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भेँडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो। हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर कुमारी घरमा लगेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.