प्रस्तावित चार राजदूतको सुनुवाइ आज

भदौ २७, काठमाडौं । संसदीय सुनुवाइ समितिले आज चार जना प्रस्तावित राजदूतको सुनुवाइ गर्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका रामकृष्ण भट्टराई, बेलायतका चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गर्न लागेको हो । चारै जनाको सुनुवाइ सकेर आजै प्रस्तावित १७ जना राजदूतको बारेमा निर्णय लिइने समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिए । पटक पटक गरेर समितिले १७ मध्ये १३ राजदूतको सुनुवाइ यसअघि नै गरिसकेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.