विश्वकप लिग २को लागि नेपाली टोली घोषणा

भदौ २४, काठमाडौं। आइसीसी विश्वकप लिग २ को दोस्रो सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। क्यानडामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ। १६ जनामध्ये देव खनाललाई भने ‘ट्राभलिङ रिजर्व’मा राखिएको छ। टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम शार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल रहेका छन। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन्।

नेपालले घरेलु टोली क्यानडासँग खेल्दै सिरिजको सुरुआत गर्ने भएको छ। खेल तालिकाअनुसार क्यानडामा सेप्टेम्बर १६ देखि सिरिज हुनेछ। नेपालले दोस्रो खेल १८ सेप्टेम्बरमा ओमानसँग खेल्नेछ। त्यस्तै २२ सेप्टेम्बरमा नेपाल पुनः घरेलु टोलीसँग खेल्नेछ भने २४ सेप्टेम्बरमा नेपालले ओमानसँग खेल्दै सिरिज अन्त्य गर्नेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.