भदौ २०, काठमाडौँ । सेताम्मे फुलेको काँसले प्राकृतिक सौन्दर्य बढाएको छ । फुलेको काँसले सौन्दर्य मात्रै बढाएको छैन, वर्षायाम सकिएको पनि सङ्केत गर्छ ।

यो काँसको दृश्य भने काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका ६ स्थित लभडाडाका नामले चिनिएका खुल्ला चौर हो । जहाँ दैनिक सयौँ युवायुवती घुम्न आउने गर्दछन् भने शनिवार वा विदाको समय हजारभन्दा बढी संख्यामा घुम्ना आउने र टिकटक बनाएर दिन बिताउने गर्छन् ।

नेपालीको मुख्य चाडपर्व तिज, दसैँ, तिहार र छठपर्व आगमनको सङ्केत गर्दै सेताम्मे काँस (कस्यान) फुल्दा रोगव्याध हराउने र किसानले लगाएको बालीनाली सप्रिने विश्वास रहेको जनविश्वास छ । काँस नेपालमा पाइने एक किसिमको घाँस हो। यो घर छाउने खरको रूपमा पनि प्रयोग हुन्छ।
तस्बीर÷ प्रारम्भ खबर



