पारा ओलम्पिक पदक विजेता खेलाडी पलेशालाई काठमाडौँमा भव्य स्वागत (तस्बीरमा)

भदौ १९, काठमाडौं । पेरिस पारा ओलम्पिकमा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आज काठमाडौं फर्किएपछि भव्य स्वागत गरिएको छ ।

त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेपछि उनलाई नगर परिक्रमा गराइएको थियो । पलेशाको अभिनन्दनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुरु भएको ¥याली गौशाला, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, भद्रकाली हुँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुगेको हो ।

ओलम्पिक वा पारा ओलम्पिकमा औपचारिक पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । पेरिस पारा ओलम्पिकको पारा तेक्वान्दोतर्फ महिला के–४४ विधाको ५७ केजी मुनिको तौल समुहमा पलेशाले कास्य पदक जितेकी हुन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.