कुशे औँसी: गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेको घुइँचो (फोटोफिचर)

भदौ १७, काठमाडौं । आज बुवाको मुख हेर्ने दिन । सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णेश्वरमा मन्दिरमा तीर्थ श्राद्ध गर्नेको घुइँचो लागेको छ ।

उत्तरगया धामको नामबाट परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ । तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन् ।

आज बिहानैदेखि गोकर्णमा श्राद्ध गर्नेहरूको भिड छ । श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी–सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ । त्यसैले उक्त सडक आज पूर्णरूपमा बन्द गरिएको छ । गोकर्णेश्वर क्षेत्रको विशेष मेला भएकाले त्यसभेगका विद्यालय, संघ—संस्था आजको दिन बिदा दिइएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.