क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी तामाङको मृत्यु

भदौ १६, काठमाडौं । ललितपुर क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएकी पुनमाया तामाङको मृत्यु भएको छ ।

उनले शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी थिइन् । काठमाडौं महानगरपालिका वडा नम्बर ८ निवासी तामाङ ६४ वर्षकी थिइन् । उनले अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुईँमा हाम फालेकी थिइन् । उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.