मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अमेरिकाबाट घोषणा

भदौ १६, न्यूयोर्क। सर्वाधिक पुरस्कार राशी भएका दुई नेपाली अन्तर्राष्टिय रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ।

एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको एक खुल्ला सांगीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा(नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन्। जसअनुसार विश्वका विभिन्न मुलुकहरुमा स्थलगत अडिसनहरु तय गरिएका छन् र दोस्रो संस्करणको अडिसनको शुरुवात भने सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने छ। नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शोहरु आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले सो कार्यक्रममा जानकारी दिए।

छरिएर रहेका नेपाली मूलका नेपालीहरु बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपाली जातिका प्रतिभाहरुलाई जहाँ बसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अबसर दिन सकियोस् र हाम्रो सांस्कृतिक पहिचान पुस्ता पुस्तासम्म पनि जीवित राख्न सकियोस् भन्ने भावनाले यी रियालिटी शोहरु आयोजना गरिएको उनले बताए।

फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्डमा, मध्यपूर्वका लागि दुबईमा, अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिक्किममा र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ।

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि नेपालको राजधानी काठमाडौं लगिने बताइएको छ।

भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु काठमाडौं लगिने छन्। दुबै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ। दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले शुभकामना मन्तब्य राखेका थिए।

त्यसैगरी नेपाली चलचित्रका नायक दीलिप रायमाझी, गायिकाहरु अन्जु पन्त, मिलन नेवार, सुजाता वर्मा, गायकहरु यम बराल, केशब पौडेल, खेम सेन्चुरी, मन आले, प्रबीण बर्देवा, बाल गायिका अनुया तामाङ, नृत्य निर्देशक शंकर बिसी र पार्वती राई, नृत्य प्रशिक्षक रुपेश उप्रेती, विकास घले एवं इन्टाको डान्स स्कूल अमेरिकाका किशोर किशोरी कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए।

आदिकालदेखि अनवरतरुपमा विकसित हुँदै आएको नेपाली सांस्कृतिक पहिचानको संरक्षणका माध्यमबाट नेपाली जातिमा मानवताको भावना अझ विकसित होस् र संसारभर मानवीय सेवाका लागि पे्ररित गर्न सकियोस् भन्ने फाउण्डेसनको उद्देश्य रहेको सो अवसरमा जानकारी दिइयो। प्रतिष्पर्धाका लागि १८ बर्ष पूरा भएको नेपाली मूलको व्यक्ति हुनैपर्ने, प्रतिष्पर्धीले प्रस्तुत गर्ने सबै प्रस्तुतिहरु नेपाली कला र संस्कृतिसंग सम्बन्धित हुनै पर्ने, यदि त्यसो भएको नपाइए त्यस्तो प्रस्तुतिलाई फाउण्डेशनको मिसन र भिजनविपरीत स्वार्थको द्वन्द्व९कन्फ्लिक्ट अफ इन्टरेष्ट० का रुपमा लिइने छ र प्रतिष्पर्धीलाई प्रस्तुतिबाट हटाइने नियम बनाइएको छ।

यी दुई रियालिटी शोहरुको पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो । जसमा गायनतर्फ भारतको सिक्किमका प्रीतम राई र नृत्यतर्फ थाइल्याण्डकी खुसी कार्कीले प्रथम पुरस्कार एक करोड रुपैयाँ जितेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.