चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

भदौ १३, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी)नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आज (बिहीबार) को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । चलचित्र निर्देशक, अभिनेता तथा संचारकर्मी डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रम निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् । चलचित्र ‘सुनचाँदी’ बाट उनी अभिनय क्षेत्रमा प्रवेश गरेका थिए  ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अन्तिम समयमा तीन जनाको नाम सिफारिस भएको थियो । छ जना आवेदकमध्येबाट सिफारिस समितिले दिनेश डिसी, राजेश थापा र दिपा पाण्डे बस्नेतको नाम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुझाइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.