राजधानी भित्रिने पशु–पंक्षीको स्वास्थ्य परीक्षण गरिने

असोज ६, काठमाडौं । नेपालीहरूको महान चार्ड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशु–पंक्षीको स्वास्थ्य परीक्षणलाई तिव्रता दिन लागेको जनाएको छ ।
महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ । महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सोही अनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कामपाले मासु खाने प्रयोजनका लागि ल्याइएको चौपायाको दशैं बाहेक अरू कुनै पनि समयमा स्वास्थ्य परीक्षण गर्ने गरेको छैन । धेरै संख्यामा खसीबोकाको खरिदबिक्री हुने भएकाले दशैंमा राजधानी भित्रिने सबै खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.