बागमति प्रदेश पर्यटन मन्त्री ठकुरीको निवासमा आगलागी

भदौ ९, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ९ स्थित सरकारी निवासमा आगलागी भएको छ ।

हेटौँडा उपमहानगरपालिका ९ स्थित लामसुरेस्थित प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा आइतबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, इन्भर्टर पावर सप्लाई बक्स एक थान, वाईफाई राउटर एक थान, गलैँचा एक थानलगायतका सामग्री जलेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.