महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत भेटिए

भदौ ९, जनकपुरधाम । महोत्तरीमा एकजना वडाध्यक्ष मृत भेटिएका छन् । रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा आइतबार बिहान यादव मृत अवस्थामा भेटिएका हुन् । यादवको शवसँगै लु।प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । डिएसपी जयसवारका अनुसार मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको छ । तर, घटनाबारे थप खुलिनसकेको उनले बताए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.