एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि

साउन २८, काठमाडौँ । ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि खोटाङकी एञ्जल राईले जितेकी छिन्।

३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित कार्यक्रममा उनले ताज पहिरिइन्। २३ वर्षिया राईले एक लाख नगदसमेत हात पारिन। साथै उनले मिस ट्यालेन्टको उपाधिसमेत समेत जितिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजनामा यो प्रतियोगिता गरेको थियो।

स्नातक उत्तीर्ण गरेकी एञ्जलले प्रभु बैंक, नेपाल आदिवासी जनजाति महासंघ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सदभावनादूत भई काम गर्ने अवसरसमेत पाएकी छिन्। त्यसैगरी, पाँचथरकी विपिका लिम्बू फर्स्ट रनरअप हुँदा बाराकी शाहिशा राई सेकेन्ड रनरअप भइन्।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.