भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

साउन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

शिष्टाचार भेटका लागि काठमाडौं आएका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

मिश्रीले आजै प्रधानमन्त्री ओलीलाई भेटेका थिए। उनी मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका थिए। आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका उनी भोलि सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.