जापानमा ७.१ रेक्टर स्केलको भूकम्पः सुनामीको चेतावनी

साउन २४, काठमाडौं । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको क्युसु सहरको दक्षिणी तटमा बिहीबार दिउँसो ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानिय समय अनुसार बिहीबार अपराह्न ४ः ४३ मा गएको भूकम्पको केन्द्रविन्दु मियाजाकी प्रिफेक्चरको तटमा रहेको ह्युगानाडा समुन्द्रमा ३० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी जारी गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्पपछि १ मिटरसम्मको सुनामी छाल मियाजाकी, कोची, ओइटा र कागोशिमा प्रान्तहरूमा पुग्न सक्ने जनाएको छ । जसमा तानेगाशिमा र याकुशिमाका कागोशिमा प्रीफेक्चर टापुहरू छन् । भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.