शेख हसिना देशबाट भागेकै दिन ढाकामा मारिए ६ विद्यार्थी

साउन २१, ढाका । प्रधानमन्त्री शेख हसिनाले बहिनीसहित देश छाडेकै दिन बंगलादेशको ढाकामा भएको प्रदर्शनमा सोमबार कम्तीमा ६ जना विद्यार्थी मारिएका छन् ।

बंगलादेशको चर्चित अनलाइन डेली स्टारका अनुसार प्रहरीसँगको झडपका क्रममा जत्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा ६ जना विद्यार्थीले ज्यान गुमाएका हुन् । प्रदर्शनका क्रममा घाइते भएकामध्ये चारजनालाई अस्पताल लगिसकेपछि मृत घोषित गरियो । उनीहरू जत्राबारीको कज्ला क्षेत्रका थिए । दुईजना भने ढाका मेडिकल कलेज क्षेत्रमा मारिएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.