मिस नेपाल २०२४ को उपाधि आश्मा केसीलाई

साउन १९, काठमाडौं । आश्माकुमारी केसीले मिस नेपाल– २०२४ को उपाधि जितेका छन् । मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेका हुन् ।

करुणा रावतले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितेका छन् भने मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दिक्षा अवस्थीले जितेका छन् । सौन्दर्य प्रतियोगितामा शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।

कार्यक्रममा ११ निर्णायकहरु उपस्थित थिए । जसमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे सकुन भण्डारी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.