कमला ह्यारिस आधिकारिक रूपमै डेमोक्राटिक पार्टीबाट राष्ट्रपतीय उम्मेद्धार

साउन १९, एजेन्सी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ ।

डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् । यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, ‘म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा सम्मानित छु ।’ आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकाछन् ।

वासिङ्टन पोस्टका अनुसार, ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलका महिला उम्मेद्धार छन् । उनको उम्मेद्धारीले लामो सयमदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरुले सार्थकता पाउने अपेक्षा गरिएको छ । राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई –२१ मा चुनावी प्रतिश्पर्धाबाट बाहिरिने घोषणा गरेका थिए । समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेद्वारको उद्घोष गरेका हुन् । सन् २००८ मा बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.