साउन १४, काठमाडौँ । पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए । घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ ।
बसकी एक महिला कर्मचारीको मृत्यु भएको छ भने केही विद्यार्थीको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

