‘तनाव कम गर्न आफूलाई माया गर्न सिकौँ’

असार २७, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित ‘भावनात्मक बुद्धिमता र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा प्राज्ञ डा भागवत आचार्यले तनाव व्यवस्थापन गर्न आफूलाई माया गर्न सक्नुपर्ने बताउनुभएको छ ।

सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “हामीले अपेक्षा गरेका कार्यहरु पूरा नहुँदा तनाव हुने गर्दछ, तनावलाई जरैदेखि उखेलेर फाल्ने, तनावलाई स्वीकार गरेर अघि बढ्ने, छलफल गरेर निष्कर्ष निकाल्ने, आफैँलाई प्रेम गर्ने, मनको कुरा अरुलाई बाँड्ने गर्नुपर्छ ।” उहाँले धैर्यताले पनि तनाव व्यवस्थापनमा भूमिका खेल्ने भन्दै विपश्यनाले तनावलाई कम गर्न सहयोग गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राईले भन्नुभयो, “तनावग्रस्त समाजले देशलाई अगाडि बढाउन सक्दैन, अहिले देशमा भ्रष्टाचार मौलाएकोे देखिन्छ त्यसले कसरी देशमा परिवर्तन आउन सक्छ रु मानव दिनचर्यासँग जोडिएको यो विषयमा छलफल गरिराख्नुपर्छ ।” सदस्यसचिव डा धनप्रसाद सुवेदीले विश्वमा जति सुखसुविधा मानिसले भोग गरिराखे पनि तनाव व्यवस्थापनमा भने चुकेको बताउनुभयो । प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख डा कौशिला रिसाललगायत कार्यक्रममा प्राज्ञ परिषद् सदस्यको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.