सन्दिप लामिछानेलाई ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’

असोज ४, काठमाडौं । चर्चित नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नेपाल सरकारबाट यो बर्ष ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ मानपदवी पाउने भएका छन्।

गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ पाउने सुचीमा खेलकुदबाट सन्दिप सहित, रेस्लर भारत बहादुर बिसुराल, कराते खेलाडी संजु महर्जन, एथलेटिक्स प्रशिक्षक धनीराम चौधरी रहेका छन्। यस्तै भर्खरै इन्डोनेसियामा आयोजित एसियन गेम्समा रजत पदक जित्ने नेपाली प्याराप्याराग्लाइडिङ टिमलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्नेछ। १८ बर्षिय सन्दिप चर्चित भारतीय लिग ईन्डियन प्रिमियर लिग ( आईपीएल ) खेल्ने पहिलो नेपाली बन्न सफल भएका थिए भने यसै बर्ष उनले ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० मा समेत छनौट भइ प्रभावशालि प्रदर्शन समेत गरेका थिए। यस्तै नेपाली गुगली ब्वाई गत साता अफगानिस्तान प्रिमियर लिग खेल्न समेत छनौट भएका छन्।

२०१६ मा नेपाली राष्ट्रिय टिममा छनौट भएका सन्दिपले त्यस अघि २०१६ यु-१९ बिश्वकपमा आयरल्याण्डसंग ह्याट्रिक लिएका थिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडीको आईसीसीको सुचीमा समेत परेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.